सर्वोत्तम सिमेन्टकाे करिब पचास प्रतिशत कारोबार अड लटमा, नियामक निकाय हेरेको हेर्यै

बुधबार, ७ चैत २०८०, १२:१० PM
post-image

डिम्याट खातामा पर्याप्त शेयर हुँदा हुँदै अड लटमा कारोबार गर्न नपाइने व्यवस्था भए पनि निर्बाध रूपमा कारोबार हुने गरेको पाइएको छ।

हिजोमात्रै कारोबार सुरु भएको सर्वोत्तम सिमेन्टको कारोबारमा पनि यस्तो भएको पाइएको छ। सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड हुँदा थोरैमा एकजनाले पनि ५० कित्ता पाएका थिए। यसरी हेर्दा कसैसँग पनि १० कित्ता भन्दा कम शेयर छैन र अड लट कारोबार नहुनु पर्ने हो।

TMS को सिस्टम मा यस्तो कार्य रोक्न कुनै प्रणाली अझै जडान नभएको हुँदा यस्तो हुने गरेको छ।

हिजोको कारोबारमा सर्वोत्तम सिमेन्टको करिब ५०% कारोबार अड लटमै भएको देखिन्छ। 

पछिल्लो समय एकजनाले धेरैजनाको डिम्याट खाता बनाएर आइपीओ भर्ने गरेको पाइएको थियो। यसरी परेको आइपीओ सबै आफ्नो खातामा तान्न यस्तो अड लटमा कारोबार हुने गरेको पाइएको छ।

२०७९/०१/२५ गते सूचना निकालेरै नेप्सेले डिम्याट मा पर्याप्त शेयर हुँदा हुँदै अड लट कारोबार नगर्न नगराउन भनेर सूचना नै निकालेको थियो। तर त्यस सूचनाको बेवास्ता गर्दै दिनहुँ जस्तो यस्तो कारोबार हुँदै आएको छ।

एक आईटी विषेशज्ञ अनुसार यो सिस्टम अटोमेटिक बनाउन २ मिनेटको काम हो। उनले भने " नेप्सेमा पहिले नै आफ्नो खातामा भएको भन्दा बढी शेयर बेच्न नमिल्ने प्रणाली छ, त्यसैमा एउटा अवस्था थपेर १० कित्ता भन्दा बढी शेयर छ भने अड लटमा राख्न नदिने बनाउन सकिन्छ तर नेप्सेले प्रणाली पनि नबनाउने र कारबाही पनि नगर्ने गरेको देख्दा नेप्से माथि नै प्रश्न उठाउने बाटो बनेको छ। "।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}