दोस्रो दिन पनि सर्वोत्तम सिमेन्टमा सकारात्मक सर्किट, आइपीओ पर्नेलाई २ दिनमै ८६ प्रतिशत नाफा

बुधबार, ७ चैत २०८०, १२:४० PM
post-image

काठमाडौं, ७ चैत । सर्वोत्तम सिमेन्टको शेयर दोश्रो  दिन पनि सकारात्मक सर्किटमा कारोबार भएको छ । नेप्सेमा कारोबार सुरु भएकै दिन मंगलबार रु ५५६ मा कारोबार सुरु भएर १०% सकारात्मक सर्किट सहित रु ६११.६० मा कारोबार बन्द भएको थियो। मंगलबार २४४२ कित्ता सेयर कारोबार भएको थियो। 
नेप्सेममा कारोबार खुलेको दोश्रो दिन अर्थात आज बुधबार पनि सुरुवाती कारोबारमै सर्वोत्तम सिमेन्टको भाउ ९.९९% ले बढेर ६७२.७० रुपैयाँ पुगेको छ । आइपीओ पर्नेलाई २ दिनमै ८६ प्रतिशत नाफा भएको छ ।

सर्वोत्तम सिमेन्टको शेयर पहिलोपटक बुक बिल्डिङ विधिमार्फत निष्काशन गरिएको थियो । यो विधि अनुसार शेयर निष्काशन गर्दा प्रत्येक लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर प्राप्त गरेका छन ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}