अनुसन्धानबाट कैफियत देखिएमा कसैलेपनि उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने सवालमा

Artha Kendra Artha Kendra
मंगलबार, ६ चैत २०८०, १:१९ PM
फन्ट
अनुसन्धानबाट कैफियत देखिएमा कसैलेपनि उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताए । 
उनले भने, ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’ 
सुशासनको संकल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै उनले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.