महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

मंगलबार, ६ चैत २०८०, १२:१५ PM
post-image

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् ।  पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन् । त्यसहिसावले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}