झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने

सोमबार, ५ चैत २०८०, १:२२ PM
post-image

काठमाडौं, ५ चैत । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २४ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्ने  छ । सभा चैत २४ गते पोखरा–७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल  गर्नेछ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}