जनउत्थान सामुदायिक लघुवित्तको कहिले बस्दैछ एजीएम

सोमबार, ५ चैत २०८०, १२:१३ PM
post-image

काठमाडौं,  ५  चैत। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभा चैत ३० गते बस्ने भएको छ । सभामा कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।  सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने कम्पनीले जनाएको छ । 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । यता, सभाले सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । सभा होटल न्यू ईरा, बुटवल उप–नगरपालिका–०९, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}