पक्राउ परेका पूर्वसभामुख महरालाई काठमाडौं ल्याइयो

सोमबार, ५ चैत २०८०, ११:५ AM
post-image

काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।

रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । 

६० किलो सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}