घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

सोमबार, ५ चैत २०८०, ११:४८ AM
post-image

काठमाडौं, ५ चैत । सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो । 

सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोल १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}