सेयरहबले सोमबारदेखि सुरुआती लगानीकर्ताका लागि चलाउँदै १० दिने टेक्निकल एनालिसिस कक्षा
सेयर बजारसम्बन्धी सूचना तथा विश्लेषण प्लेटफर्म सेयरहबले सेयर कारोबार सुरु गर्न चाहने तथा सुरुआती लगानीकर्ताका लागि १० दिने टेक्निकल एनालिसिस तालिम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । सेयर बजारसम्बन्धी सूचना तथा विश्लेषण प्लेटफर्म सेयरहबले सेयर कारोबार सुरु गर्न चाहने तथा सुरुआती लगानीकर्ताका लागि १० दिने टेक्निकल एनालिसिस तालिम सञ्चालन गर्ने भएको छ ।
‘टेक्निकल एनालिसिस ट्रेनिङ फर बिगिनर्स’ नामको यो कक्षा मंसिर १४ गते सोमबारदेखि सुरु हुनेछ । कक्षा जुम (Zoom) मार्फत अनलाइन माध्यमबाट साँझ ७:३० बजेदेखि ८:३० बजेसम्म दैनिक एक घण्टा सञ्चालन हुनेछ ।
कसरी दर्ता गर्ने ?
इच्छुकले यो गुगल फारम मार्फत नाम, इमेल र सम्पर्क नम्बर भरेर दर्ता गर्न सक्नेछन् । सेयरहबको मार्केटप्लेस पेज मा गएर ‘बुक नाउ’ थिचेर पनि सिट बुक गर्न सकिन्छ । त्यहाँ कनेक्ट आईपीएस, इसेवा तथा फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ ।
थप जानकारीका लागि सेयरहबको ९८४७८५४३२८, ९८६०८३६२२६ र ९८६१८८२५९३ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
के सिकाइन्छ ?
सेयरहबले सार्वजनिक गरेको दैनिक पाठ्यक्रम यस्तो छ :
पहिलो दिन : टेक्निकल एनालिसिसको परिचय, फन्डामेन्टल एनालिसिससँगको भिन्नता, क्यान्डलस्टिक चार्ट पढ्ने तरिका र बजार चक्रका चार चरण ।
दोस्रो दिन : सिम्पल तथा एक्सपोनेन्सियल मुभिङ एभरेज, गोल्डेन क्रसजस्ता क्रसओभर रणनीति र पेपर ट्रेडिङ ।
तेस्रो दिन : नगद लाभांश, बोनस सेयर र हकप्रद सेयरले मूल्यमा पार्ने असर तथा मूल्य समायोजन ।
चौथो दिन : फिबोनाची रिट्रेसमेन्ट (३८.२, ५० र ६१.८ प्रतिशतका तह) ।
पाँचौं दिन : अपट्रेन्ड, डाउनट्रेन्ड र साइडवेज बजारको पहिचान, ट्रेन्डलाइन र मल्टि-टाइमफ्रेम एनालिसिस ।
छैटौं दिन : टीएमएस र मेरोसेयरको व्यावहारिक प्रयोग : प्रि-ओपन तथा नियमित अर्डर, कोल्याटरल लोड, रिफन्ड, मार्केट डेप्थ र डीपी होल्डिङ ।
सातौं दिन : डाउ थ्योरी र भोल्युम एनालिसिस ।
आठौं दिन : सपोर्ट र रेजिस्टेन्स तथा राउन्ड नम्बरजस्ता मनोवैज्ञानिक तह ।
नवौं दिन : आरएसआई र एमएसीडी तथा डाइभर्जेन्सको पहिचान ।
दसौं दिन : जोखिम व्यवस्थापन (पोजिसन साइजिङ, रिस्क–रिवार्ड) र ट्रेडिङ मनोविज्ञान ।
कसका लागि ?
सेयरहबका अनुसार यो तालिम टेक्निकल एनालिसिस सिक्न चाहने सुरुआती ट्रेडर, सेयर किनबेचको सही समय (इन्ट्री र एक्जिट) पहिल्याउन चाहने लगानीकर्ता तथा कारोबार सुरु गर्ने तयारीमा रहेकाहरूका लागि उपयोगी हुनेछ । सहभागी हुन वित्तीय बजारबारे आधारभूत ज्ञान भए राम्रो हुने भए पनि त्यो अनिवार्य छैन ।
कक्षामा सहभागी हुन इन्टरनेट जोडिएको कम्प्युटर वा मोबाइल चाहिन्छ । ट्रेडिङभ्यू, मेरोसेयर वा टीएमएस खाता भए अभ्यास गर्न सजिलो हुने भए पनि ती ऐच्छिक हुन् ।
के हो सेयरहब ?
सेयरहब, सेयरहब प्राइभेट लिमिटेडले सञ्चालन गरेको नेप्सेसम्बन्धी विभिन्न सूचना एकै ठाउँमा उपलब्ध गराउने एप तथा वेबसाइट हो । यसमा नेप्से परिसूचक र सेयरको लाइभ मूल्य, पोर्टफोलियो तथा वाचलिस्ट, परिवारका सबै बीओआईडीको आईपीओ नतिजा एकैपटक हेर्ने सुविधा, फ्लोरसिट तथा ब्रोकर विश्लेषण, लाभांश इतिहास र वित्तीय विवरण उपलब्ध छन् ।
आईपीओ, एफपीओ र हकप्रद सेयरका अलर्ट, सेयर क्याल्कुलेटर, टेक्निकल टुल तथा विदेशी मुद्रा र सुनचाँदीको दर पनि सेयरहबमा हेर्न सकिन्छ ।
वेब : sharehubnepal.com
एन्ड्रोइड : गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुहोस्
आईओएस : एप स्टोरबाट डाउनलोड गर्नुहोस्
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.