सुन तोलामा ३ हजार ३ सय रुपैयाँले महँगियो, चाँदी पनि १२० रुपैयाँले बढ्यो
आज छापावाल सुन तोलाको २ लाख ४६ हजार १ सय र चाँदी ३ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल (फाइन) सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
दस ग्रामको हिसाबमा आज सुन २ लाख १० हजार ९ सय ९० रुपैयाँ र चाँदी २ हजार ७ सय ३९ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.