मंसिरमा ५ कम्पनीका १ करोड २१ लाख कित्ता सेयरको लकइन खुल्दै, साधारण सेयर भने ५ लाख ७९ हजार कित्ता मात्र
लकइन खुल्ने सेयरमध्ये ९५ प्रतिशतभन्दा बढी मुक्तिनाथ कृषि र नेपाल वेयरहाउजिङका संस्थापक सेयर हुन् ।
काठमाडौं । मंसिर महिनाभित्र नेप्सेमा सूचीकृत पाँच कम्पनीका १ करोड २१ लाख २७ हजार ७३५ कित्ता सेयरको लकइन अवधि सकिँदै छ । स्नो रिभर्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, कालंगा हाइड्रो र सानीगाड हाइड्रोले लकइन सकिने सूचना सार्वजनिक गरिसकेका छन् ।
तर यसमध्ये १ करोड १५ लाख ४८ हजार कित्ता (९५.२ प्रतिशत) संस्थापक सेयर हुन् । दोस्रो बजारमा साधारण सेयरका रूपमा कारोबारका लागि खुला हुने भनेको म्युचुअल फन्ड र कर्मचारीका गरी ५ लाख ७९ हजार ७३५ कित्ता मात्र हो ।
कुन कम्पनीको कति सेयर ?
स्नो रिभर्स : म्युचुअल फन्डको ४६ हजार ८७५ कित्ता, लकइन मंसिर ११ गते सकिने
मुक्तिनाथ कृषि कम्पनी : संस्थापकको ६० लाख ४८ हजार र कर्मचारीको ४५ हजार ३६० गरी ६० लाख ९३ हजार ३६० कित्ता, मंसिर १८ गतेसम्म लकइन
नेपाल वेयरहाउजिङ कम्पनी : संस्थापकको ५५ लाख र कर्मचारीको २७ हजार ५०० गरी ५५ लाख २७ हजार ५०० कित्ता, मंसिर १९ गतेपछि लकइन सकिने
कालंगा हाइड्रो : म्युचुअल फन्डको १ लाख ७५ हजार कित्ता, लकइन मंसिर २६ गते सकिने
सानीगाड हाइड्रो : म्युचुअल फन्डको २ लाख ८५ हजार कित्ता, लकइन मंसिर २९ गते सकिने
संस्थापक सेयरको लकइन किन फरक ?
मुक्तिनाथ कृषि र नेपाल वेयरहाउजिङले नेप्सेमार्फत सार्वजनिक गरेको पत्रअनुसार सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको मितिले तीन वर्ष पुगेपछि संस्थापक र कर्मचारीको सेयरको लकइन खुल्दै छ । नेपाल वेयरहाउजिङको आईपीओ २०८० मंसिर २० गते बाँडफाँट भएको थियो ।
लकइन सकिएपछि संस्थापकले सेयर बिक्री गर्न पाउँछन्, तर संस्थापक सेयर संस्थापक सेयरकै रूपमा रहन्छ । यसलाई साधारण सेयरमा परिणत गर्न छुट्टै प्रक्रिया पूरा गर्नुपर्छ । त्यसैले संस्थापक सेयरको लकइन खुल्दैमा दोस्रो बजारमा साधारण सेयरको आपूर्ति ह्वात्तै बढ्दैन ।
म्युचुअल फन्डका लागि आईपीओमा छुट्याइएको सेयर बाँडफाँट भएको ६ महिनासम्म लकइनमा रहन्छ । स्नो रिभर्स, कालंगा हाइड्रो र सानीगाड हाइड्रोमा लकइन खुल्ने सबै सेयर म्युचुअल फन्डका हुन् ।
पुसमा पनि लकइन खुल्दै
पुस महिनामा एभरेष्ट कलर र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजका म्युचुअल फन्डले लिएको सेयरको लकइन सकिँदै छ । सर्वोत्तम पेन्ट्सको सूचना नेप्सेले बुधबार बिहान स्वीकृत गरेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.