बाँसबारीको १० रोपनी जग्गा सरकारकाे मातहत ल्याउन र सुन तस्करीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

आइतबार, ४ चैत २०८०, १:५२ PM
post-image

काठमाडौं, ४ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । 

गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितलाई आइतबार गृहमन्त्री लामिछानेले सो निर्देशन दिएका हुन् । यसका लागि आइतबारबाटै प्रक्रिया थाल्न सम्बन्धित् पक्षलाई उनले निर्देशन दिएका हुन् । 

साथै उनले सुन तस्करी काण्डमा मुछिएका र जाँचबुझ आयोगले दोषी किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका छन् । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}