बैंकमा बचत निक्षेपको हिस्सा ४९.३ प्रतिशत पुग्यो, मुद्दती निक्षेप एक वर्षमा ५ खर्ब ७६ अर्बले घट्यो
एक वर्षमा बचत निक्षेप ४५ प्रतिशतले बढेको छ भने वाणिज्य बैंकको औसत निक्षेप ब्याजदर ३.०७ प्रतिशतमा झरेको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको संरचना तीव्र रूपमा बदलिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८३ असोज मसान्तमा कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४९.३ प्रतिशत पुगेको छ ।
एक वर्षअघि यस्तो हिस्सा ३८.७ प्रतिशत थियो । त्यसको विपरीत मुद्दती निक्षेपको हिस्सा एक वर्षमा ४६.४ प्रतिशतबाट घटेर ३४ प्रतिशतमा झरेको छ । चालु निक्षेपको हिस्सा ६.५ बाट बढेर ७.६ प्रतिशत पुगेको छ ।
बचत ४५ प्रतिशतले बढ्यो, मुद्दती १६.६ प्रतिशतले घट्यो
राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ असोज मसान्तमा २८ खर्ब ९२ अर्ब ७० करोड रुपैयाँ रहेको बचत निक्षेप २०८३ असोज मसान्तमा ४१ खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । एक वर्षमा बचत निक्षेप १३ खर्ब २ अर्ब ६ करोड रुपैयाँ अर्थात् ४५ प्रतिशतले बढेको हो ।
सोही अवधिमा मुद्दती निक्षेप ३४ खर्ब ६८ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २८ खर्ब ९२ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ । एक वर्षमा मुद्दती निक्षेप ५ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ अर्थात् १६.६ प्रतिशतले घटेको हो ।
चालु निक्षेप पनि एक वर्षमा ३४.४ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
तीन महिनामा कुल निक्षेप २.८ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २.८ प्रतिशत (२ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ) ले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशतले बढेको छ ।
तीन महिनामा बचत निक्षेप ७.८ प्रतिशत (३ खर्ब २ अर्ब ३९ करोड रुपैयाँ) ले बढेको छ भने मुद्दती निक्षेप १.१ प्रतिशत (३२ अर्ब ६८ करोड रुपैयाँ) ले घटेको छ ।
कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि एक वर्षअघिको ३५.३ प्रतिशतबाट घटेर ३२.५ प्रतिशतमा झरेको छ ।
ब्याजदर घट्यो
यो अवधिमा बैंकको ब्याजदर पनि घटेको छ । असोजमा वाणिज्य बैंकको भारित औसत निक्षेप ब्याजदर ३.०७ प्रतिशत छ, जुन एक वर्षअघि ३.८५ प्रतिशत थियो ।
वाणिज्य बैंकको भारित औसत कर्जा ब्याजदर ७.५० प्रतिशतबाट घटेर ६.३१ प्रतिशत र औसत आधार दर ५.५६ प्रतिशतबाट घटेर ४.६९ प्रतिशतमा झरेको छ ।
निजी क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत (१ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ) ले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशतले मात्र बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.