जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन
काठमाडाैं, ४ चैत । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।
सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.