सुनचाँदीको मूल्य आजपनि घट्यो
नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ ।
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ ।
आज सुनको मूल्य तोलाको ३ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
Comments
2 comments · join the conversation
Kamal Raj Regmi
·नेपालीले भनेर हुँदैन तर सुन घट्नु आवस्यक छ । मध्यम र निम्नमध्यम बर्गले खरिद गर्न नसक्दा धनि बर्गबाट हेपिनु परेको उदाहरण प्रशस्तै देखिन्छ त्यसैले प्रति तोला १५०००० सम्म आइदिए म पनि खुशी हुने थिएँ
khagendra pokhrel
·सुन १ लाख मा आउन सक्छ
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.