एनपीएललाई आइसीसीको औपचारिक मान्यता
नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले औपचारिक मान्यता दिएको जानकारी दिएको हो ।
आइसीसीले मान्यता दिएपछि प्राप्त भएमा नेपाली क्रिकेटको विकास, विदेशी खेलाडीको सहभागिता र प्रतियोगिताको व्यावसायिक विस्तारमा सहयोग पुग्ने भएको छ ।
आईसीसीको स्वीकृतिले टेस्ट खेल्ने देशका अन्तर्राष्ट्रिय खेलाडीहरुलाई फ्रेन्चाईजीहरुले सहभागिता गराउन सक्ने छन् । यसबाट टोलीहरूले प्रायोजन, विज्ञापन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने अवसर पाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्लेषण गरिएको छ ।
यसअघि एनपीएलमा आइसीसीको आंशिक स्वीकृति रहेको थियो, जसका करण सिमित टिमले मात्र अन्तराष्ट्रिय खेलाडी भित्राउने अवसर पाएका थिए ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.