आईपीओको समयमा कायम आधारभूत सेयरधनीले अब १५ प्रतिशत वा सोभन्दा बढी सेयर बेच्दा मात्रै पूर्वसूचना दिनुपर्ने
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आईपीओको समयमा कायम आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेको छ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी नियममा संशोधन गरेको छ। बोर्डले सेयर बिक्री गर्नुअघि जानकारी गराउनुपर्ने सेयरको सीमा र पूर्वसूचना दिने अवधि दुवै परिवर्तन गरेको हो।
बोर्डले असोज २३ गते सम्पूर्ण सूचीकृत कम्पनीलाई जारी गरेको परिपत्रअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को समयमा कायम रहेका आधारभूत सेयरधनीले लकइन अवधि समाप्त भएपछि आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्न चाहेमा कम्तीमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।
यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्न चाहेमा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो।
नयाँ व्यवस्थासँगै सेयर बिक्रीको पूर्वसूचना दिनुपर्ने सीमा ५ प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेको छ भने सूचना दिने अवधि १५ दिनबाट घटेर पाँच कारोबार दिन कायम भएको छ।
संशोधित निर्देशनमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिम लकइन अवधि समाप्त भएका र कम्पनीको आईपीओको समयमा कायम रहेका आधारभूत सेयरधनीलाई स्पष्ट रूपमा समेटिएको छ।
सेयर बिक्रीको सूचना तीन महिनासम्म मान्य
संशोधित व्यवस्थाअनुसार आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने आशयको जानकारी सम्बन्धित कम्पनीलाई गराएपछि कम्पनीले उक्त सूचना यथाशीघ्र नेपाल स्टक एक्सचेन्जमार्फत सार्वजनिक गर्नुपर्नेछ।
यस्तो सेयर बिक्रीसम्बन्धी सूचनाको वैधता अवधि तीन महिना कायम गरिएको छ। यो व्यवस्था साबिकको निर्देशनमा पनि रहेको थियो।
सेयर बिक्री नगरी पुनः खरिद गरे पनि जानकारी दिनुपर्ने
बोर्डले अर्को नयाँ व्यवस्था थप गर्दै सेयर बिक्री गर्ने सूचना दिएका आधारभूत सेयरधनीले पुनः सोही कम्पनीको सेयर खरिद गर्दा पनि जानकारी गराउनुपर्ने प्रावधान ल्याएको छ।
संशोधित निर्देशनअनुसार सेयर बिक्री गर्ने आशयले सूचना सार्वजनिक गरेका सेयरधनीले आफूले बिक्री गर्न चाहेको सेयर बिक्री नगरेको वा पूर्ण रूपमा बिक्री गरिनसकेको अवस्थामा पुनः सोही कम्पनीको सेयर खरिद गरेमा कारोबार सम्पन्न भएपछि यथाशीघ्र सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।
त्यस्तो जानकारीमा खरिद गरिएको सेयरको मूल्य तथा परिमाणसमेत स्पष्ट उल्लेख गर्नुपर्नेछ। सम्बन्धित सूचीकृत कम्पनीले प्राप्त विवरण नेपाल स्टक एक्सचेन्जमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.