डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन्।

Artha Kendra Artha Kendra
बिहिबार, २२ असोज २०८३, १:५ PM
—
फन्ट
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन्।

मन्त्री श्रेष्ठका अनुसार अहिले पनि करिब ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा पुगेर विद्युत् महसुल तिर्ने गरेका छन्। डिजिटल युगमा यस्तो अवस्था परिवर्तन गर्न सबैको सहयोग आवश्यक रहेको उनले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्। ती काउन्टर सञ्चालनका लागि मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको मन्त्री श्रेष्ठले बताएका छन्। मासिक रूपमा यस्तो खर्च करिब ५ करोड रुपैयाँ पुग्ने उनको भनाइ छ।

मन्त्री श्रेष्ठले डिजिटल भुक्तानी बढाउन सके नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत हुने बताएका छन्। नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षासमेत बढ्ने उनको भनाइ छ।

काउन्टर सञ्चालनमा खर्च हुने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनले बताएका छन्।

मन्त्री श्रेष्ठले परिवार, आफन्त, छरछिमेक तथा चिनजानका व्यक्तिलाई डिजिटल माध्यमबाट महसुल तिर्न सिकाउन र प्रोत्साहित गर्न आग्रह गरेका छन्। विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने अभिभावक तथा ज्येष्ठ नागरिकलाई एकपटक सिकाइदिन उनले आग्रह गरेका छन्।

उनले डिजिटल भुक्तानीको प्रयोग बढाउनु केवल भुक्तानी प्रणाली परिवर्तन गर्ने विषय नभई नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोडिएको विषय भएको बताएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

6 comments · join the conversation

A

Aee

·

नेपालीलाइ सब फ्रिमा चाहिन्छ। काउन्टरमा गएर तिर्दा खर्च नहुने जस्तो गर्छन्। जाबो ५ रुपैयाँ बचाउन ५० रुपैयाँ खर्च गर्ने नेपालीलाई यस्तो अपिल गर्नु बेकार छ।

RH

Ram Hari Simkhada

·

डिजिटल भुक्तानिमा किन अतिरिक्त शुल्क र त्यस्को कर समेत तिर्नु? यत्रो खर्च कटौती गर्न बरु केही रकम छुट दिनु नि ।

U

Unknown

·

आफनो टाउको भार आएको का टाउकोमा कसरी गर्ने भन्ने उत्कृष्ट उद्धरण

AM

Anand mahara

·

So first do charge free

M

Mk

·

Real time update hunna, bill katesi 1 week paxi system ma dekhauxa @pokhariya

MC

Mukesh Chand

·

It’s good to go digital but the applied charges should be made free of cost for all government transactions to encourage for the use of digital mediums.