गगनलाई अमरेशको जवाफ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ दिँदै पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएको बताएका छन् ।

Artha Kendra Artha Kendra
सोमबार, १९ असोज २०८३, १२:१६ PM
—
फन्ट
गगनलाई अमरेशको जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ दिँदै पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएको बताएका छन् ।

सभापति थापाले आइतबार कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसका कैयौँ कार्यकर्ता रास्वपामा गएको भन्दै सभापति रवि लामिछानेलाई जवाफ दिएका थिए ।

त्यसको जवाफमा अमरेशले गगनलाई नाक फुलाएर ‘लोकतन्त्र ल्याउने पार्टी’ भनेर गर्व गरे पनि त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, “नयाँ पार्टीका सभापतिज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन् ।”

“नाक फुलाएर ‘लोकतन्त्र ल्याउने पार्टी’ भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो—त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो ? इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ । लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने—योभन्दा ठूलो विडम्बना अरू के होला ?”

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

दआ

दशै आयो खाउला पिउला

·

राजा फालेर केके तन्त्र मन्त्र ल्यायो । यसले केही अर्थ राख्दैन महासय । फरक यति हो जनजीवनमा के प्रगति गरे भन्नेमा हो । तपाईलाई साच्चै देशले फड्को मारेको हेर्ने रहर छ भने यति गरे पुग्छ १) राजनीति दल २ २) मन्त्री १० ३) सांसद १०० ४) सम्पुर्ण विदेशी बस्तु आयतमा रोक ५) विदेशमा छोराछोरी हुनेले सार्वजनिक पदबाट राजीनामा दिनै पर्ने ६) खेत बाझो राखे जग्गा खोसिदिने ७) आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड गरे आन्दोलन घोषणा गर्नेबाट भरपाई गर्ने ( असुली गर्ने ) ८) विदेशमा रहेका युवाको पुजि र सीपलाई देशमा भित्र्याउने