रास्वपा सचेतक धितालको ध्यानाकर्षण- सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता बालबालिकाको खोजी ओझेलमा पर्यो

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

Artha Kendra Artha Kendra
शुक्रबार, १६ असोज २०८३, १:५ PM
—
फन्ट
रास्वपा सचेतक धितालको ध्यानाकर्षण- सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता बालबालिकाको खोजी ओझेलमा पर्यो

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धितालले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना प्राथमिकतामा पर्ने प्रवृत्तिले न्यायको खोजी ओझेलमा परेको बताइन्।

उनले भनिन्, “देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ । तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ । हामीलाई एक प्रकारले दुःखको लत लागेको छ । जेनजी आन्दोलन, मधेशको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या र रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुम्वासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेका छन् ।”

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.