शेयर हबले आजदेखि शेयर बजारको फन्डामेन्टल एनालिसिस तालिम दिँदै, कसरी जोडिने?
कक्षा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुममार्फत सञ्चालन हुनेछ।
काठमाडौं । शेयर हबले आजदेखि शेयर बजारको आधारभूत ज्ञान तथा फन्डामेन्टल एनालिसिससम्बन्धी १० दिने अनलाइन तालिम सञ्चालन गर्दैछ। कक्षा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुममार्फत सञ्चालन हुनेछ।
‘Basics of Stock Market and Fundamental Analysis for Beginners’ नामक तालिममा नेपालको पुँजी बजारको संरचना, प्राथमिक तथा दोस्रो बजार, आईपीओ, एफपीओ, हकप्रद शेयर र नेप्सेको कारोबार प्रणालीबारे सिकाइनेछ। शेयर बजारमा प्रवेश गर्न चाहने तथा कम्पनीको अवस्था बुझेर लगानी निर्णय लिन इच्छुक व्यक्तिलाई लक्षित गरी तालिम तयार गरिएको हो।
पाठ्यक्रममा कम्पनीको वित्तीय विवरण अध्ययनलाई विशेष जोड दिइएको छ। सहभागीले नाफा–नोक्सान विवरण, वासलात र नगद प्रवाह विवरण पढ्न तथा प्रतिशेयर आम्दानी (ईपीएस), मूल्य–आम्दानी अनुपात (पीई), बुक भ्यालु र लाभांश प्रतिफलजस्ता सूचक बुझ्न सिक्नेछन्।
यसैगरी, ब्याजदर, मुद्रास्फीति तथा नीतिगत परिवर्तनले शेयर बजारमा पार्ने प्रभाव, कम्पनी छनोट, जोखिम मूल्याङ्कन र पोर्टफोलियो निर्माणबारे पनि प्रशिक्षण दिइनेछ। व्यावहारिक उदाहरण, बजारसम्बन्धी प्रदर्शन र प्रश्नोत्तरसमेत पाठ्यक्रममा समावेश छन्। तालिममा सहभागी हुन शेयर बजारको पूर्वज्ञान अनिवार्य छैन।
तालिमबारे थप जानकारी लिन तथा आफ्नो सिट बुक गर्न शेयर हबको तालिम पृष्ठ मा जान वा ९८४७८५४३२८ मा सम्पर्क गर्न सकिनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.