शेयर हबले आजदेखि शेयर बजारको फन्डामेन्टल एनालिसिस तालिम दिँदै, कसरी जोडिने?

कक्षा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुममार्फत सञ्चालन हुनेछ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ असोज २०८३, २:८ PM
—
फन्ट
शेयर हबले आजदेखि शेयर बजारको फन्डामेन्टल एनालिसिस तालिम दिँदै, कसरी जोडिने?

काठमाडौं । शेयर हबले आजदेखि शेयर बजारको आधारभूत ज्ञान तथा फन्डामेन्टल एनालिसिससम्बन्धी १० दिने अनलाइन तालिम सञ्चालन गर्दैछ। कक्षा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुममार्फत सञ्चालन हुनेछ।

‘Basics of Stock Market and Fundamental Analysis for Beginners’ नामक तालिममा नेपालको पुँजी बजारको संरचना, प्राथमिक तथा दोस्रो बजार, आईपीओ, एफपीओ, हकप्रद शेयर र नेप्सेको कारोबार प्रणालीबारे सिकाइनेछ। शेयर बजारमा प्रवेश गर्न चाहने तथा कम्पनीको अवस्था बुझेर लगानी निर्णय लिन इच्छुक व्यक्तिलाई लक्षित गरी तालिम तयार गरिएको हो।

पाठ्यक्रममा कम्पनीको वित्तीय विवरण अध्ययनलाई विशेष जोड दिइएको छ। सहभागीले नाफा–नोक्सान विवरण, वासलात र नगद प्रवाह विवरण पढ्न तथा प्रतिशेयर आम्दानी (ईपीएस), मूल्य–आम्दानी अनुपात (पीई), बुक भ्यालु र लाभांश प्रतिफलजस्ता सूचक बुझ्न सिक्नेछन्।

यसैगरी, ब्याजदर, मुद्रास्फीति तथा नीतिगत परिवर्तनले शेयर बजारमा पार्ने प्रभाव, कम्पनी छनोट, जोखिम मूल्याङ्कन र पोर्टफोलियो निर्माणबारे पनि प्रशिक्षण दिइनेछ। व्यावहारिक उदाहरण, बजारसम्बन्धी प्रदर्शन र प्रश्नोत्तरसमेत पाठ्यक्रममा समावेश छन्। तालिममा सहभागी हुन शेयर बजारको पूर्वज्ञान अनिवार्य छैन।

तालिमबारे थप जानकारी लिन तथा आफ्नो सिट बुक गर्न शेयर हबको तालिम पृष्ठ मा जान वा ९८४७८५४३२८ मा सम्पर्क गर्न सकिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

5 comments · join the conversation

छ

छड्के

·

Nepse खरेजी प्रक्रियामा -------------------------- पहाड भत्किएर तराई पुरिने भएको छ । सबै अस्त्र प्रयोग गर्दा पनि मार्केट घटिरहने , ठुला लगानी कर्ता डराउने , साना लगानी कर्ता पलाएन हुने भएकोले स्टक मार्केट खारेजी हुदैछ । सबै शेर वेची आफ्नो सम्पत्ति सुरछित गर्नुहुन सबै लगानी कर्तालाई आवाहन गरिन्छ । सबै लगानी डुबेर पागल भएको मान्छेको कुरा पत्याउनेले मात्रै प्रतिकृया दिनु होला

KB

Krishna Bhandari

·

How to joined this program sir

BB

Binod Bhatta

·

How to joined from UAE?

MA

MD ANBAR RAIN

·

How to join

M

Mohan

·

How to join