प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरूलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका थिए ।
प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।’
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए । निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरेका थिए ।
Comments
2 comments · join the conversation
सोझो गाउले
·आमा बालेन ले देश बनाउछ । देश ( आधुनिक नेपाल श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाह ) ज्युले बनाई सक्नु भएको छ बस नबिगारे पुग्छ । साच्चै बानाउने मनछ भने यति गरे पुग्छ १) माईघरमा आन्दोलन गर्नेहरू पढेलेखेका तर सीप नभएकाहरु हुन २) पढ्ने बहानामा अमेरिका युरोप जान रोक लगाउने गएकालाई फिर्ता झिकाउने ३) नयाँ दल दर्तामा रोक र थ्रेस होल्ड ३० प्रतिशत बनाउने ४) राजिनामा माग्नेले विकल्प दिनै पर्ने ५) वैदेशिक ॠण र अनुदान लिदैनलिने ६) स्विस बैंकमा रहेको नेपाली पैसा १८० दिन भित्र फिर्ता गर्ने ७) जुन बस्तु नेपालमा उत्पादन हुन्छ त्यो आयात नगर्ने ८) सामुदायिक वन समुदायकै पुण स्वामित्व हुने ९) पर्यटन र कृषि पेसाका मजदुर किसानको शतप्रतिशत बिमा ०) चुनावी माहोलमा बाहेक अरुअबेला राजनीति अभिव्यक्ती दिन नपाउने यति गर्दा पनि तिमिले सोचेको र मैले चाहे जस्तो भएन भने फेरि गोलमेच सम्बेलन गरौला
नवराज
·देश बनेन सबै थाहा छ । किन बनेन त्यो पनि थाहा छ । अनि कसरी बन्छ त्यो पनि थाहा छ । सबै थाहा हुदाहुदै किन देश सोचे जस्तो बनेन त ? हामी बनाएन भन्छौ । यो र त्यो गरेन भन्छौ । यसो गर्नु पर्ने त्योसो गर्यो भन्छौ । त्यसलाई त आउदै आएन यसो गर्नु पर्थ्यो भन्छौ । भन्छौ मात्रै तर तर देश मैले चाहे जस्तो र तपाईंले सोचे जस्तो बनाउन मैले के कर्तव्य पूरा गर्यौ त कहिल्यै सोच्यौ ? मनन गरौं ? आत्मा आलोचना र समिक्षा गरौं ? कदापि गरेनौं । हाम्रो देश नेपालले धेरै गुमाइसकेका छन । विभिन्न आन्दोलनका नाममा जोसिला हस्ती र उजाड बस्ती । आमाको रित्तो काख र बाबाको भरोसा । भोलिको आसा र एकान्त बास । गुमाउन बाकी केही छैन । बलिदान र सदैको त्यागले देश बन्दैन । हाम्रो देशलाई अब रगत होइन पसिना चाहिएको छ । सधै उधारो सपना होइन काम गर्ने वातावरण चाहिएको छ । लगानीको सुनिश्चित सुरक्षा र उत्पादन बस्तुको सहज बजार चाहिएको छ । चर्को नारा र एकादेशको सिधाान्तले देश बन्दैन । त्येसो हो भन्ने गर्ने के ? सर्व प्रथम नेपालको संविधान गलत छ । नेपालमा बहुदलीय व्यवस्था फेल भैसके । साच्चै भित्री मनबाट देश बनाउने हुटहुटी भए यति गरे पुग्छ । १) पुर्व राष्ट्रपतिको नाममा सम्पुर्ण राज्यको सेवासुबिधा कटौती २) उप राष्ट्रपती चाहिदैन ३) प्रदेश सरकार खारेज ४) राजनीति दल २ ५) मन्त्री १० ६) सांसद १०० ७) राहदानी वितरणमा रोक ८) विदेशमा छोराछोरी भएकाले सांसद मन्त्री हुनै नपाउने ९) कृषि र पर्यटन क्षेत्रमाका किसान मजदुरका १०० प्रतिशत बिमा ०) सामाजिक संजालमा असामाजिक कार्य गर्नेलाइ त्यस्तो id कोल्यप्स ================= नमस्कार सर म तपाईकै जिल्ला बासी भएकोले आफ्नो कुरा भावना मात्रै राखेको हु । अस्ति स्मार्ट पार्टी प्यालेसना भेट भएर खुशी लाग्यो । हजुर क्याबिनेटमा रहनु भएकाले यति भन्ने आट गरे । गल्ती भए माफ गरि दिनुहुन अनुरोध गर्छु । नवराज श्रेष्ठ बेनिघाट धादिङ
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.