पार्टी सभापतिबिरुद्ध कुनै उजुरी परेको छैनः श्रममन्त्री आर्याल

शुक्रबार, २ चैत २०८०, ६:१२ PM
post-image

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताउनुभएको छ । 


शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहकारी सम्बन्धी केही प्रश्नहरु गृहमन्त्रीप्रति उठाइएको भन्दै आधार देखाउन आग्रह गर्नुभयो । उहाँले सत्ता पक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्नेकुरा राम्रो नरहेको बताउनु भयो । पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्युप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ । निराधार प्रश्न गर्न त पाइन्छ । साथीहरुले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ । रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरुलाई थाहा छ । कम सेकम त्यति त हेर्नुपर्ला । हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोप चाहीँ कहाँ लागेको छ । कसले लगाएको छ ? राजीनामा दिनुपर्ने कारण त होला नि । मन्त्रीहरुले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि । केही आधार भए हामी त राजीनामा आफैँ दिन्छौँ  ।’


उहाँले कुनै राजनीतिक दलका नेताहरुले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताउनु भयो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}