नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार
नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ ।
काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज बिहीबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५६ कम्पनीका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँ बराबरमा कारोबार भएको थियो । आज निर्जीवन बीमा बाहेक सबै क्षेत्रको शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा बढी नेपाल ल्युब आयलको शेयर १२.४७ प्रतिशतले बढेको छ भने सोनापुर मिनरल्सको शेयर ७.६५ प्रतिशतले बढेको छ । त्यस्तै, आज सबैभन्दा बढी मिड सोलु हाइड्रोको शेयर ११.५८ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज सबैभन्दा बढी शिवम् सिमेन्टको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.