काँग्रेसले म माथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा छुः उपप्रधानमन्त्री लामिछाने

शुक्रबार, २ चैत २०८०, ६:५५ PM
post-image

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको बताउनुभएको छ ।

शुक्रवार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै काँग्रेसले सदन अवरुद्ध पारेपछि उहाँले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताउनुभएको हो । संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका लामिछानेले सदनमा मौका पाउने बित्तिकै आफूमाथि उठेको प्रश्नसहित काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा रहेको बताउनु भयो । उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्याण्डेटको शक्तिमा काम गरिरहने बताउनु भयो । उहाँले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आजैबाट शुरु गरिएको पनि बताउनु भयो । 


उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘भित्र त संसद बैठक काँग्रेसले अवरुद्ध गरेजस्तो देखिएको थियो । यहाँ आईपुग्दा हामीले गरेजस्तो देखियो । हामीले गरेनौं । यो उहाँहरुलाई लागेको हो । केही छैन उहाँहरुले भन्नुभयो । संसदमा विधेयकनै प्रश्तुत गर्न नदिने, कानूननै बनाउन नदिने भने त के गर्न सकिन्छ र । जवाफ दिनका लागि तयारनै छु । जवाफ सुनेपछि उहाँहरु बेहोस हुने हो कि थाहा छैन। कानून बनाउने प्रक्रिया त रोक्नु भएन नि । कुन कुरा सडकमा गर्ने, कुन कुरा सदनमा गर्ने भन्ने कुरा नेपाली काँग्रेस जस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ ? हामी पढाउँदैनौं । काँग्रेसले आफैं पढोस् । डेढ वर्ष अघि आएको पार्टीले यो सिकयो । हामीले सदन चल्न दियौ । प्रश्न सोध्यौं, प्रश्नको जवाफ चाहिन्छ भन्यौं । हामीले आफ्नो काम ग¥यौ । हामीले सदन नचलेको दिनमा सदन चल्नु पर्छ भन्यौं । सदन नचलेको दिनको पैसा लिँदैन भन्यौं । बिर्सिनु भयो र तपाईहरुले यति चाँडै ? रास्वपाले भनेको मुद्दाहरु, अहिले उठाइएको छ । विश्वविद्यालयमा राजनीतिक हुनु हुँदैन भनेर भन्थ्यो । उहाँहरु त्यही भन्न थाल्नु भयो । अव मेरिटको आधारमा हुनुपर्छ भन्यौ, त्यही भन्न थाल्नुभयो । चुनावमा टिकट खल्तीबाट बाँडने होइन, प्राईमरी गर्नुपर्छ भन्यौं । प्राईमरी भन्न थाल्नुभयो । सबै त रास्वपाको भन्न थाल्नु भएको छ । यसमा मैले जवाफ दिन पाउँ भनेको छु । सभामुखले रुलिङ गर्नुभयो भने गृहमन्त्रीका रुपमा म माथि उठेका प्रश्नहरुको जवाफ दिने त होला नि सदनमा त । बन्द गर्ने, चल्न नदिने भन्ने त्यो कसैको अधिकारको कुरा पनि होला । म त्यो अधिकारको सम्मान पनि गर्छु । लोकतन्त्रमा, संसदीय अभ्यासमा त्यो पनि एउटा अधिकार हो । तर कानूननै पास गर्न नदिने भन्ने तहको कुरा चाँही राम्रो होइन । अव प्रधानमन्त्रीले जवाफ दिने भन्ने तय भएको छ  । सभामुखले रुलिङ गरिसक्नु भएको छ । ६ गते प्रधानमन्त्रीले जवाफ दिँदै हुनुहुन्छ । अब मलाई सभामुखले रुलिङ भएको एकछिनमा नौ मिनेट १८ सेकेन्डमा यो सबै कुरा क्लियर गरिदिन्छु । यो अवरुद्ध पार्ने काम गलत हो । कानून पास गर्नु पर्छ भन्ने कुरा हो । मलाई लाग्छ–एउता कुरामा अडिरहनु हुँदैन । त्यसका लागि प्रक्रिया छ नि त । जवाफ दिन तयार छु । सभामुखको रुलिङको प्रतिक्षा गरिरहेको छु । प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गरिसक्नु भएको छ । अव यत्रा चिजहरु छन । यही एउटा चिज मात्र काँग्रेसले पाएको भए काँग्रेसलाई गफ गर्ने चिजहरु आज बेलुकाबाट पनि आउँछ । सुन तस्करीको विषयमा प्रतिपक्षमा हँुँदाखेरीदेखि नै उठाएको विषय यहाँहरुलाई अवगत नै छ । यो त्यतिखेर बनेको एउटा आयोग हो । त्यो आयोगले प्रतिवेदन बुझाएको छ । बुझाएको प्रतिवेदनमा मेरो हात पर्र्ने वित्तिकै त्यसलाई अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाएर र प्रधानमन्त्रीले गो अ हेड जे छ त्यही भनिसकेपछि त्यस सम्बन्धि कुरा अगाडि बढेको छ । काँही कतै कसैसँग कुनै कम्पमाईज हुँदैन । आयोगले दिएको प्रतिवेदनमा भएका विषयबस्तुमा टेकेर रिइन्भेष्टिगेशन हुन्छ । जजसलाई उन्मुक्ति दिन खोजिएको छ । उन्मुक्ति दिनेहरुमाथि पनि कारबाही हुन्छ । उन्मुक्ति पाएकाहरुले केही समय रमाए होलान । कोही रमाउन पाउदैन । कोही छुटदैन । काँही कसैले प्रभावित पारेको छ भने त्यसलाई निर्ममतापूर्वक घेरिने छ । म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन । तर मेरा लागि आजको दिन अन्तिम दिन हो  भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिवद्ध भएर आएको छु । केही गरौं भनेर, केही राम्रो काम गरौं भनेर । सुशासनको प्रत्याभूति दिउ भनेर आएको हुनाले त्यसमा मलाई केही पनि भन्नु छैन । निमर्म ढंगले प्रतिवेदनले दिएका विषयहरुमा हामी कारबाहीको प्रक्रिया अघि बढाउँछौं । आजैबाट सुरु हुन्छ । काँग्रेसले जवाफ पाईरहन्छ । हामी सुशासनको पक्षमा बोलिरहन्छौं । उहाँहरु फेरी गृहमन्त्री राजीनामा दे भन्नु हुन्छ । हामी गृह मन्त्रालयको तर्फबाट राम्रो कामहरु, नागरिकको पक्षमा काम गरिरहन्छौं । काँग्रेसको नारा फेरी चर्को होला । राजीनामा दे, देकि दे भन्ने होला । म आफ्नो काम गरिरहन्छु । नेपाली जनताले म्यान्डेट दिएर पठाएका हुन । मलाई यो शक्ति नेपाली जनताले दिएको हो । मैले प्राप्त गरेको यो शक्ति म नेपाली जनतालाई ब्याजसहित फिर्ता गर्न आएको हो । कति दिन हुन्छु मलाई थाहा छैन । जति दिन हुन्छु, डटेर नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु । अव मैले संसदमा समय पाएपछि नेपाली काँग्रेसले उठाएको कुरा के रहेछ, त्यसको वास्तविकता के रहेछ ? म राम्रोसँग बताई दिन्छु । अनुसन्धानमा कुनै प्रभाव हुन दिन्न । कसैसँग सम्झौता हुँदैन । सुशासनको कुरामा यो, ऊ, सानो माछा होस, भ्यागुता होस् । त्यसमा कुनै पनि किसिमको कम्र्पमाईज हुँदैन । त्यसकारणले हामी त्यसमा लागि परेका छौं । बाँकि मलाई विश्वास छ काँग्रेस जस्तो लोकतान्त्रिक दलले सदनमा विधेयकनै प्रस्तुत गर्न नदिने भनेजस्तो कुरालाई निरन्तरता दिनै छैन । र, के विषय उठाएको छ । त्यसको मेरिट के हो, त्यो कहाँ उठिएको छ, त्यो के हो, कस्तो उजुरी हो ? कसले गराएको हो, कहा छ, के छ ? त्यति कुरा चाँही एक पटक सदनमा मौका पाएभने नेपाली काँग्रेसलाई पढाउने इच्छा छ नौ मिटे १८ सेकेण्डमा ।’


उपप्रधानमन्त्री लामिछानेले सुन तस्करीमा संलग्नहरुले कसैले पनि उन्मुक्ति नपाउने पनि बताउनु भयो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}