भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, ६ असोज २०८३, ५:५३ PM
फन्ट
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।

मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित कारण पेश गर्न आदेश दिँदै दाहाललाई २४ घण्टाभित्र अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो।

दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.