खगेन्द्र सुनारको प्रश्न- संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद भवन परिसरमा भएको महँगो क्यान्टिन हटाउन माग गरेका छन् ।

Artha Kendra Artha Kendra
सोमबार, ५ असोज २०८३, २:४१ PM
फन्ट
खगेन्द्र सुनारको प्रश्न- संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद भवन परिसरमा रहेको महँगो क्यान्टिन हटाउन माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले संसद भवनमा रहेको ‘फाइभ स्टार’ क्यान्टिनमा खानेकुरा अत्यधिक महँगो रहेको भन्दै तत्काल हटाउन माग गरेका हुन्।

उनले महँगो खानेकुरा किन्न सक्ने हैसियतमा अहिलेका सांसद छन् कि छैनन् भन्दै प्रश्नसमेत गरेका छन्।

उनले भने, 'बाहिर बरण्डामा राखेको फाइभ स्टार होटल कसले ल्याएको हो ? कालो चियाको एक सय, दुध चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय तिरेर खानसक्ने हैसियतमा अहिलेका सांसद छन् की छैनन् ? फाइभ स्टार होटल तत्काल हटाउनुपर्छ । सिंहदरबार भित्र यति धेरै क्यान्टिन चलाउन पाइदैन । सुन्धारामा भन्दा पनि धेरै होटल भए यहाँ भित्र । नेपालगंज, वीरगंजमा दैलेखको बजारमा चिया जति पर्छ त्यो चिया पनि यहाँ त्यतिमै बिक्रि गरिनुपर्छ, मनपरि पैसा उठाउन पाइदैन ।'

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.