जेलेन्स्की र ट्रम्पबीच न्यूयोर्कमा भेटवार्ता हुने
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी साता न्यूयोर्कमा भेटवार्ता हुने भएको छ ।
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी साता न्यूयोर्कमा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक अधिवेशनमा सहभागी हुन दुवै नेता न्यूयोर्क पुग्ने क्रममा भेटवार्ता तय भएको जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीलाई महत्वपूर्ण बताउँदै न्यूयोर्कमा हुने भेटवार्ताले रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा नयाँ बाटो खोल्न सक्ने बताएका छन् । उनका अनुसार शान्ति प्रक्रिया युक्रेनको पहिलो प्राथमिकता भएकाले युद्धको तनाव घटाउने उपाय, सुरक्षा, ऊर्जा, खाद्य सुरक्षा र सर्वसाधारणको सुरक्षाका विषयमा छलफल हुनेछ ।
भेटवार्ताको तयारीकै क्रममा ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुस्नरले यसै महिना युक्रेनको भ्रमण गरेका थिए । अमेरिकी टोलीसँग मिलेर काम गरिरहेको र शान्ति स्थापनाका लागि गम्भीर कदम चाल्न तयार रहेको जेलेन्स्कीले बताएका छन् ।
रुस र युक्रेनबीच सन् २०२२ देखि युद्ध जारी छ । युद्ध अन्त्य गर्ने प्रयासमा मुख्य विवादित विषयमध्ये रुसले कब्जा गरेका युक्रेनी भूभाग र त्यसको भविष्य रहेको छ । युक्रेनले आफ्नो भूभाग छाड्ने विषय अस्वीकार गर्दै आएको छ भने दुवै पक्षबीच युद्धविराम र शान्ति सम्झौताका लागि अमेरिकी मध्यस्थतामा प्रयास जारी छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.