मेची-महाकाली पदयात्रा गर्ने रास्वपा सांसद डा. अमरेश कुमारको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।

Artha Kendra Artha Kendra
आइतबार, ४ असोज २०८३, १२:५० PM
फन्ट
मेची-महाकाली पदयात्रा गर्ने रास्वपा सांसद  डा. अमरेश कुमारको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सांसद सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका हुन्।

उनले भने– 'छठ पर्वको अर्कोदिन मेची नदीको किनार पुगेर त्यहाँको माटो पानि र बालुवा मिलाएर एउटा गाग्रीमा राखेर लगेर महाकालीमा ठ्याक्कै माघे संक्रान्तिको दिन जौ तिल राखेर समर्पित गर्छु ।'

पदयात्राबारे पार्टीलाई जानकारी गराएको बताउँदै आफू सीमित दायरामा बस्ने व्यक्ति नभएको धारणा राखे। उनले पदयात्राका क्रममा आफू कम बोल्ने र जनताको कुरा बढी सुन्ने बताउँदै दैनिक पाँच घण्टा हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने उल्लेख गरे।

पार्टीमा आफूले कुनै गुटको राजनीति नगर्ने बताउँदै उनले अहिले मधेशीको पक्षमा आवाज उठाएको बताए।

उनले भने– 'म गुटबन्दीको विरोधमा छु, म गुटमा छु देश र जनताको गुटमा छु, मधेशको समृद्धि र सहभागिताको गुटमा छु, मेरो गुट छ, गुट बिना त राजनीति नै हुँदैन । मधेशी अनुहार मात्र मागेको होइन सहभागिता पनि चाहियो भनेको हो ।'

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.