१५ मिनेटका निम्ति स्थगित प्रतिनिधिसभा बैठक अझै सुरु भएन

शुक्रबार, २ चैत २०८०, ३:२२ PM
post-image

काठमाडौं, २ फागुन । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै बैठक अवरुद्ध गरे ।


कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने, ‘उहाँ (गृहमन्त्री रवि लामिछाने) पीडक हो हैन, त्यो थाहा छैन । तर, आरोप लागेपछि यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । जवाफ नआएसम्म सदन चल्दैन । सभामुखले रुलिङ गर्नुपर्छ ।’ 


यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्न खोजेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरे । प्रतिपक्ष उभिएका बेला सदन अवरुद्ध मानिने भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले जवाफ नदिएर वेल घेर्न उक्साएको हो ?’ भनी प्रश्न गरे ।
यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, ४० मिनेट हुन लाग्दासम्म बैठक सुरु भएको छैन । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}