जनमतको अध्यक्षमा सिके राउत निर्विरोध
जनमत पार्टीले दोस्रो महाधिवेशनका लागि अध्यक्षमा डा. सीके राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
काठमाडौँ । जनमत पार्टीले दोस्रो महाधिवेशनका लागि अध्यक्षमा डा. सीके राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले प्रारम्भिक उम्मेदवार नामावली सार्वजनिक गरेका हुन् ।
निर्वाचन समितिका अनुसार नामावली उम्मेदवारी दर्ता भएको समय र आधिकारिक इमेलमा प्राप्त फारमको क्रमअनुसार प्रकाशित गरिएको हो । वीरगञ्जमामा हुने जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको छ । सात उपाध्यक्षका लागि भने १४ जना, एक महासचिवका लागि तीन जना र एक राष्ट्रिय उपमहासचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, सात जना राष्ट्रिय सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि ७३ जनाको नाम प्रारम्भिक सूचीमा समावेश गरिएको छ ।
उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अंसारी, संजयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाको उम्मेदवारी परेको छ।
महासचिवमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादव तथा राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डल र ललितचन्द्र मल्लिक उम्मेदवार छन् । राष्ट्रिय सचिवका लागि सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अंजनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, बीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
अब असोज ३ गते शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारमाथि दाबीविरोध गर्ने समय तोकिएको छ। असोज ४ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ ।
असोज ५ गते सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने र असोज १० गते शनिबार दोस्रो महाधिवेशन तथा मतदान हुने निर्वाचन समितिले जनाएको छ । महाधिवेशनबाट निर्वाचित हुन उम्मेदबारले कम्तीमा खसेको मतको २० प्रतिशत मत ल्याएकै हुनु पर्ने बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.