सुनचाँदीको मुल्य घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी तोलाको ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.