कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएर कस्तो अनुसन्धान हुने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे ।
प्रधानमन्त्री प्रचण्डको सुशासनको नीतिप्रति आशंका गर्दै उनले जुन निकायले छानबिन गर्नुपर्ने त्यही निकायको नेतृत्व आरोपीलाई दिनु अनुचित हुने बताए ।
सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताए ।
उनले भने, ‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’
अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनको भनाइ छ । ‘…आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ उनले भने, ‘अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितहरुको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय संकटलाई समाधान गर्न सक्छ ?’
'३० हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । त्यो बचतकर्र्ताको माग छ, सहकारी सञ्चालकको सम्पत्तिबाट हाम्रो बचत फिर्ता दिनुपर्छ । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारीपीडितको माग कसरी पूरा हुन्छ ?,’ उनले बैठकमा भने, पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ? पीडितहरुले आन्दोलनबाट सृजना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ । म आग्रह गर्न चहान्छु, मेरा मित्र माननीय गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरणीय प्रस्तुत गर्नूस् ।’
आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री बन्न नहुने भन्दै उनले अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने बताए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.