बैंक निक्षेपमा केन्द्रित संस्थागत रकमलाई पूँजी बजारतर्फ मोड्ने तयारी

सरकारले ठूला संस्थागत लगानीकर्ताको बैंक निक्षेपमा केन्द्रित रकमलाई क्रमशः धितोपत्र बजारतर्फ परिचालन गर्ने तयारी गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २९ भदौ २०८३, ११:५ PM
—
फन्ट
बैंक निक्षेपमा केन्द्रित संस्थागत रकमलाई पूँजी बजारतर्फ मोड्ने तयारी

काठमाडौं - सरकारले ठूला संस्थागत लगानीकर्ताको बैंक निक्षेपमा केन्द्रित रकमलाई क्रमशः धितोपत्र बजारतर्फ परिचालन गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा संस्थागत लगानीकर्ताको पोर्टफोलियो पुनर्सन्तुलन गरी बजारमा दीर्घकालीन पुँजी प्रवेश गराउने योजना राखिएको छ।

सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डलगायतका संस्थाको लगानी बैंक निक्षेपमा बढी केन्द्रित रहेको निष्कर्ष निकालेको छ। यी संस्थालाई धितोपत्रमा लगानी गर्न सहज हुने गरी २०८३ मंसिर मसान्तभित्र कानुनी, नीतिगत र संरचनागत सुधार गर्ने कार्ययोजनामा उल्लेख छ।

प्रस्तावित सुधार कार्यान्वयन भएपछि संस्थागत लगानीकर्ताले आफ्नो कुल लगानीको निश्चित हिस्सा शेयर, ऋणपत्र तथा नियामकले अनुमति दिएका अन्य धितोपत्रमा परिचालन गर्न थप सहजता पाउनेछन्। यसले बैंक निक्षेपमा थुप्रिएको संस्थागत रकमको केही अंश पूँजी बजारमा प्रवेश गर्ने आधार बनाउन सक्छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

न

नवराज

·

हो बैंकमा पैसा राखेर भन्दा मार्केटमा लगानी बढाउदा सबै क्षेत्र सुधार हुन्छ