गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने तयारी

सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको धितोपत्र दोस्रो बजारमा सहभागी गराउने तयारी गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २९ भदौ २०८३, १०:२७ PM
—
फन्ट
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने तयारी

काठमाडौं - सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको धितोपत्र दोस्रो बजारमा सहभागी गराउने तयारी गरेको छ। ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा एनआरएनको लगानी भित्र्याएर बजारमा पुँजी, तरलता र प्रविधि हस्तान्तरण बढाउने लक्ष्य राखिएको छ।

यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा आवश्यक संशोधन प्रस्ताव तयार गरी २०८३ असोज मसान्तभित्र मन्त्रिपरिषद्मा पेस गर्ने कार्ययोजनामा उल्लेख छ।

कानुनी संशोधन र आवश्यक कार्यविधि लागू भएपछि मात्रै गैरआवासीय नेपालीले दोस्रो बजारमा लगानी गर्न पाउनेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.