नेपाललाई दैनिक १८ घण्टा विद्युत् दिन भारतको स्वीकृति
भारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टा विद्युत् आयात गर्न स्वीकृति दिएको छ।
काठमाडौँ । भारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टा विद्युत् आयात गर्न स्वीकृति दिएको छ।
भारतको विद्युत् मन्त्रालयका अनुसार सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक १८ घण्टा विद्युत् आयात गर्न सक्नेछ। यसअन्तर्गत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् उपलब्ध हुनेछ।
यसअनुसार भारतबाट नेपालले अधिकतम ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउनेछ। विद्युत् आपूर्तिको समय राति १२ बजेदेखि साँझ ६ बजेसम्म रहनेछ।
बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा क्षति पुगेर विद्युत् उत्पादन क्षमता प्रभावित भएपछि नेपाललाई थप विद्युत् उपलब्ध गराउने निर्णय गरिएको भारतको विद्युत् मन्त्रालयले जनाएको छ।
भारतले डिसेम्बर २०२६ मा अवस्थाको पुनरावलोकन गरी सन् २०२७ जनवरीपछि विद्युत् आपूर्तिको व्यवस्थाबारे निर्णय गर्ने जनाएको छ। मन्त्रालयले कठिन अवस्थामा नेपालको विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै दुई देशबीचको ऊर्जा सहकार्य थप सुदृढ हुने बताएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.