रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न जेलेन्स्कीलाई ट्रम्पको आग्रह
रूस–युक्रेन युद्धको असर विश्व इन्धन बजारमा देखिन थालेको छ।
काठमाडौँ । रूस–युक्रेन युद्धको असर विश्व इन्धन बजारमा देखिन थालेको छ। अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूसी तेल प्रशोधन केन्द्रमा डिजेल उत्पादन प्रभावित हुने गरी हमला नगर्न आग्रह गरेका छन् ।
युक्रेनले पछिल्ला महिनामा रूसी तेल प्रशोधन केन्द्रमा ड्रोन हमला बढाएपछि रूसको इन्धन उत्पादन प्रभावित भएको छ । यसले रूसभित्रै इन्धन अभाव बढाउनुका साथै विश्व बजारमा पनि आपूर्ति चिन्ता थपेको छ।
यसैबीच कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ। पछिल्लो कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब १०७.६१ डलर प्रतिब्यारेल र अमेरिकी डब्ल्युटीआई १०२.५३ डलर प्रतिब्यारेल पुगेको छ । पछिल्लो एक सातामै ब्रेन्टको मूल्य करिब ९ प्रतिशतले बढेको छ ।
मध्यपूर्वमा तेल पूर्वाधारमाथि भएका हमला र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द हुनुले आपूर्ति संकटको चिन्ता थपिएको छ। विज्ञहरूले विश्व बजारमा आपूर्तिको दबाब कायम रहे तेलको मूल्य अझ बढ्न सक्ने चेतावनी दिएका छन् ।
महँगो तेल र डिजेलको असर यातायात, कृषि तथा उत्पादन लागतमा पर्ने भएकाले आगामी दिनमा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने जोखिम देखिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.