जैविक हतियार विकासमा प्रयोग हुन सक्ने एआई दुरुपयोग रोकेको एन्थ्रोपिकको दाबी

एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई प्रणालीलाई जैविक तथा अन्य घातक हतियार विकासमा सहयोग पुग्ने गरी प्रयोग गर्ने प्रयासहरू पहिचान गरी रोकिएको जनाएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ भदौ २०८३, २:४० PM
फन्ट
जैविक हतियार विकासमा प्रयोग हुन सक्ने एआई दुरुपयोग रोकेको एन्थ्रोपिकको दाबी

काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई प्रणालीलाई जैविक तथा अन्य घातक हतियार विकासमा सहयोग पुग्ने गरी प्रयोग गर्ने प्रयासहरू पहिचान गरी रोकिएको जनाएको छ ।

कम्पनीको पछिल्लो सुरक्षा प्रतिवेदनअनुसार गत आठ महिनामा एआईको प्रयोग गरी साइबर जासुसी, निगरानी, ठगी, प्रचार अभियान तथा हतियार विकासका प्रयास भएका थिए । एन्थ्रोपिकले जैविक हतियार विकासमा सहयोग पुग्न सक्ने गरी एआई प्रयोग गरिएका पाँच घटनापरम्परागत हतियार विकाससँग सम्बन्धित छवटा घटना पहिचान गरेको जनाएको छ ।

प्रतिवेदनमा रुससँग सम्बन्धित साइबर समूह तथा इरानी प्रचार संस्थाले समेत एन्थ्रोपिकको एआई प्रयोग गरेको उल्लेख छ । कम्पनीले यस्ता गतिविधि रोक्न सुरक्षा प्रणाली थप बलियो बनाउँदै सम्बन्धित अधिकारी तथा प्रविधि क्षेत्रका साझेदारसँग आवश्यक सूचना साझा गरिएको जनाएको छ ।

एन्थ्रोपिकले जैविक हतियारसँग सम्बन्धित एआई दुरुपयोगलाई अत्यन्त गम्भीर जोखिमका रूपमा व्याख्या गर्दै उचित सुरक्षा उपाय नहुँदा यसको परिणाम भयावह हुन सक्ने चेतावनी दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.