प्रधानमन्त्री शाहको व्यवसायीहरुसँग आर्थिक अवस्थाबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ भदौ २०८३, १२:४७ PM
फन्ट
प्रधानमन्त्री शाहको व्यवसायीहरुसँग आर्थिक अवस्थाबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् ।

छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको सचिवालयले जानकारी दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.