प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने निर्णय भएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २५ भदौ २०८३, ६:२३ PM
फन्ट
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने निर्णय भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

त्यस्तै आजको बैठकले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रवक्ता पोखरेलका अनुसार कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीखत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा पदस्थापना गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.