ग्यास अभावले बजारमा मुख देखाउन नहुने अवस्था बन्यो- रास्वपा सांसद चौलागाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको टिप्पणी गरेका छन् ।

Artha Kendra Artha Kendra
बुधबार, २४ भदौ २०८३, ३:७ PM
फन्ट
ग्यास अभावले बजारमा मुख देखाउन नहुने अवस्था बन्यो- रास्वपा सांसद चौलागाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको बताएका हुन् ।

उनले भने, “हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था बनेको छ । सरकार के हेरेर बसेको छ ?”

साथै, चौलागाईले मंगलबार जेनजी शहीदको नाममा आयोजना गरिएको कार्यक्रममा विवादास्पद व्यक्तिहरुलाई सहभागी गराइएकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

G

Gobind

·

Chaulagain is right.unfirtunately he is unable to solve this problem.