चिलिमे जलविद्युतको सुरुङमा ६ जना फसेको आशंका, उद्धारका लागि संयुक्त टोली खटियो
रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ ।
काठमाडौँ । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।
उनले उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने र आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जान लागेको बताएका छन् ।
हाल चिलिमे जलविद्युतको सुरुङमा नेपाली सेना र भारतीय सेनाको संयुक्त उद्धार टोलीले सुरुङभित्रको लेदो हटाउने काम गरिरहेको छ । अहिलेसम्म २५० मिटर लामो सुरुङमध्ये आधाभन्दा बढी भागको लेदो हटाएर खोलिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.