फेरी बढ्यो अण्डाको मुल्य

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।

Artha Kendra Artha Kendra
शनिबार, २० भदौ २०८३, ८:११ AM
फन्ट
फेरी बढ्यो अण्डाको मुल्य

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ

संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ तोकेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँमिडियम अन्डाको मूल्य प्रतिक्रेट ५५० रुपैयाँ कायम गरिएको छ । संघले तोकेको समर्थन मूल्यमा सानो अन्डाको मूल्य प्रतिपेटी ३ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

संघले उत्पादक, संकलनकर्ता, थोक तथा खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ । उपभोक्ता मूल्य भने ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा २ वटाको ४५ रुपैयाँ तोकेको छ ।

यसअघि भदौ ४ गते अन्डाको समर्थन मूल्य तोकिएको थियो । नयाँ सानो अन्डाको प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ भने एक्सएल, ठूलो र मिडियम अन्डाको प्रतिक्रेट मूल्यमा १५ रुपैयाँ बढेको छ । जसमा एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँबाट बढाएर ६०५ रुपैयाँ पुर्‍याइएको छ । ठूलो अन्डामा पनि प्रतिक्रेट १५ रुपैयाँले बढेर ५९० रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।

मिडियम अन्डाको मूल्यमा पनि प्रतिक्रेट १५ रुपैयाँ बढाएर ५५० रुपैयाँ तोकिएको छ । यसअघि मिडियम अन्डाको प्रतिक्रेट मूल्य ५३५ रुपैयाँ थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.