नेप्सेमा दोहोरो अंकको वृद्धि, परिसूचक २५३८.११ विन्दुमा

नेप्से परिसूचक आज १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ।

Artha Kendra Artha Kendra
बुधबार, १७ भदौ २०८३, ३:१० PM
फन्ट
नेप्सेमा दोहोरो अंकको वृद्धि, परिसूचक २५३८.११ विन्दुमा

काठमाडौँ । नेप्से परिसूचक आज १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ।

बुधबार ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर किनबेच भएका छन्। दिनभरमा ३९ हजार ६७३ पटक कारोबार हुँदा २ अर्ब ९४ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज उपकार लघुवित्त वित्तीय संस्था (ULBSL) को शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर ११.८७ प्रतिशतले बढेर २ हजार ७९० रुपैयाँ पुगेको छ। त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत् (MMKJL) १०.२३ प्रतिशत र आत्मनिर्भर लघुवित्त (ANLB) १०.१० प्रतिशतले बढेका छन्।

यता एनएमबी इनर्जी बन्ड ४ प्रतिशत–२०९३/९४ को मूल्य सबैभन्दा धेरै घटेको छ। यसको मूल्य ५.८१ प्रतिशतले घटेको छ। आरबीबी म्युचुअल फन्ड–२ को ४.३३ प्रतिशत र कुथेली बुखारी स्मल हाइड्रोपावरको ३.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सानीमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको १४ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ६४ लाख र सोलु हाइड्रोपावरको १२ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस्तै, आज रसुवागढी हाइड्रोपावरको सबैभन्दा धेरै ३ लाख ९८ हजार ७३१ कित्ता शेयर कारोबार भएको छ। कारोबार संख्याका आधारमा भने सर्वोत्तम पेन्ट्स अगाडि रहेको छ। कम्पनीको २ हजार २१९ पटक कारोबार भएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.