सुनको भाउ बढ्ने क्रम रोकिएन, चाँदीको पनि ह्वातै बढ्यो
काठमाडौं, १ चैत । सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको भाउ ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २५ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार २०० रुपैयाँ कायम छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै बिहीबार चाँदीको भाउ पनि उच्च दरमा बढेको छ। यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।