नेप्से ४३.८९ अंकले घट्यो, ३ अर्ब ६४ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १५ भदौ २०८३, ३:४३ PM
फन्ट
नेप्से ४३.८९ अंकले घट्यो, ३ अर्ब ६४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता शेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँमा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १३.१६ प्रतिशतले बढेको छ भने घोराही सिमेन्टको शेयर ७.५७ प्रतिशतले बढेको छ । त्यस्तै, आज सबैभन्दा बढी मेलुङ खोला जलविद्युतको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी शिवम् सिमेन्टको २६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

नवराज

·

ब्यक बाउन्स नभए लगानी कर्ता बाढिमा बग्ने निश्चित भो