सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन

बिहिबार, १ चैत २०८०, १२:३४ PM
post-image

काठमाडौं, १ चैत । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । 

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत भएको सुन तस्करीलगायतका विषयमा छानबनि गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}