बाढीपछि चीनतर्फ नेपालका १०४ सहित २६१ विदेशी नागरिक बेपत्ता

नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीले पहिलोपटक राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, १४ भदौ २०८३, १:४३ PM
फन्ट
बाढीपछि चीनतर्फ नेपालका १०४ सहित २६१ विदेशी नागरिक बेपत्ता

काठमाडौँ । नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीले पहिलोपटक राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका छन् ।

बेपत्ता हुनेमा सबैभन्दा धेरै १०४ जना नेपाली रहेका छन् । त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना रहेका छन् । त्यस्तै क्यानडा र अस्ट्रेलियाका ६-६, दक्षिण अफ्रिकाका ४, रूस, मलेसिया र जर्मनीका ३-३ जना बेपत्ता छन् ।

नेदरल्यान्ड्स, न्युजील्यान्ड, इस्टोनिया, फ्रान्स र आयरल्यान्डका २-२ जना तथा फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन, हंगेरी र कजाकिस्तानका १-१ जना बेपत्ता रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.