भारतले विमानबाट नेपालका लागि थप १० टन मानवीय सहायता पठायो
भारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो विमान काठमाडौँका लागि पठाएको छ ।
काठमाडौँ । भारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो विमान काठमाडौँका लागि पठाएको छ ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरका अनुसार विमानमा पोर्टेबल जेनेरेटर, व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री, खाद्य प्याकेट तथा पानी शुद्धीकरण गर्ने औषधि रहेका छन् ।
उक्त विमानमा सुरुङभित्र फसेकाको उद्धारका लागि चिकित्सक, स्वास्थ्य सहायक तथा खोजी टोलीसहित ११ सदस्यीय टोली समेत रहेको जयशंकरले जानकारी दिएका छन् ।
भारतले यसअघि दुई पटक गरेर साढे ४७ टन मानवीय सहायता सामाग्री पठाएको थियो । भारतले नेपालमा जारी राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गर्ने जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.