नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार
नेप्सेमा आज पनि गिरावट आएको छ ।
काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ३५.९२ अंकले घटेर २,५५८.३५ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा आजको गिरावट १.३८ प्रतिशत हो ।
आज ३४८ कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर रु. ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७.४६ बराबरमा कारोबार भएको छ । यस्तै, आज ६१ हजार ४४२ वटा कारोबार भएका छन् ।
आजको कारोबारमा सर्वोत्तम पेन्ट्सको शेयरमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको शेयर १०.४३ प्रतिशतले बढेको छ ।
यस्तै, आज रसुवागढी हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज चिलिमे हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको रु. २० करोड ५६ लाख ८६ हजार ८६२.६० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तामोर हाइड्रोपावरको रु. १९ करोड ३२ लाख ८२ हजार १०९.८० बराबरको कारोबार भएको छ ।
समग्र बजारमा आज २३ कम्पनीको शेयर मूल्य बढ्दा २५२ कम्पनीको घटेको र ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.